सिनेमा

टिकटिकर गरिमाको फिल्म डेब्यू, ‘लन्डन टु पेरिस’मा अनुबन्ध

इकागज |
जेठ १२, २०७९ बिहीबार १५:२९ बजे

काठमाडौँ -टिकटक हुँदै म्युजिक भिडियोमा व्यस्त हुन पुगेकी गरिमा शर्माले पहिलो फिल्म साइन गरेकी छिन् । शर्मा आउँदो महिना लन्डन तथा फ्रान्समा सुटिङ हुने फिल्म ‘लन्डन टु पेरिस’का दुई मध्ये एक नायिकाको रुपमा फिल्ममा आबद्ध भएकी हुन् । यो फिल्मका लागि साम्राज्ञी राज्यलक्ष्मी शाह पहिले नै अनुबन्ध भइसकेकी छिन् । 

घनश्याम लामिछानेको निर्देशन रहने फिल्मले किस्ताबन्दीमा कलाकार सार्वजनिक गरिरहेको छ । दुई हिरो र दुई हिरोइन रहने फिल्ममा निर्माण टिमले हिरो भने सार्वजनिक गरिसकेको छैन । तर दुईमध्ये एकमा सोनम थुप्देन रहने चर्चा छ । निर्माण टिमले अहिले सबै कलाकारको वर्कसप गरिरहेको छ । फिल्मको पटकथा प्रदी भारद्धाजले लेखेका हुन् ।


अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहने सिनेमाका सह(निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।


Author

थप समाचार
x