सिनेमा

धिरज र अदितीको केमेस्ट्री जमेको ‘बाबरी’शीर्ष गीत

इकागज |
जेठ ३१, २०७९ मंगलबार १६:५९ बजे

काठमाडौँ - धिरज मगर र अदिती बुढाथोकीको मुख्य भूमिका रहेको ‘बाबरी’को शीर्ष गीत रिलिज भएको छ । निर्माण टिमले मंगलबार औपचारिक कार्यक्रम गर्दै गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा धिरज र अदितीको केमेस्ट्री सुहाएको छ । 

सिक्किमका रमणीय स्थानमा खिचिएको गीतको संगीत अनमोल गुरुङले तयार गरेका हुन् । गीत रचना र स्वरसमेत उनैको रहेको गीतमा स्वरमा भने अनमोलले अस्मिता अधिकारीको साथ पाएका छन् । 


धिरज र अदिती दुवैको यो दोस्रो फिल्म हो । धिरजले साम्राज्ञीराज्य शाहको जोडीको रुपमा ‘इन्टु मिन्टु लन्डन’मा बाट डेब्यू गरेका थिए भने अदितीले अनमोल केसीको अपोजिटमा ‘कृ’बाट डेब्यु गरेकी थिइन् । गीतलाई अन्जिला खत्री र विक्रम लामाले कोरियोग्राफ गरेका हुन् । 

तृप्ती नाडकरका छोरा धिरज नाडकरको पनि डेब्यू रहेको फिल्म भदौ ३१ मा प्रदर्शन हुँदैछ । यसअघि टिजर सार्वजनिक गरिसकेको फिल्मले प्रचार प्रसारलाई तीव्र बनाउने क्रममा गीत सार्वजनिक गरेको छ । टिजरमा धिरज मगरको लुक र स्वरलाई दर्शकले राम्रो मानेका थिए । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । 

 


Author

थप समाचार
x