सिनेमा

नेपाल–अमेरिका चलचित्र महोत्सवमा ‘हल्कारा’ र ‘ ‘गड बफेलो’लाई अवार्ड

इकागज |
असार १३, २०७९ सोमबार १२:१६ बजे

काठमाडौँ - विक्रम सापकोटा निर्देशित नेपाली चलचित्र ‘हल्कारा’ले उत्कृष्ट कथानक तर्फको अवार्ड जितेको छ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आइतबार समापन भएको पाँचौं संस्करणमा माइकल ब्राउन निर्देशित ‘वृक म्युलु’ले उत्कृष्ट डकेमेन्ट्री अवार्ड हात पारेको छ । महोत्सवमा ‘हल्करा’ का निर्देशक विक्रम सापटकोटाले अवार्ड ग्रहरण गर्न पुगेका थिए । त्यस्तै ‘वृक म्युलु’का निर्देशक माइकलले महोत्सवमा अवार्ड ग्रहण गरेका थिए । ‘वृक म्युलु’ पहिलो पटक  महोत्सव प्रदर्शन गरिएको थियो । 

त्यस्तै महोत्सवमा नेपाली पानारोमा अन्तर्गत मोहन राई निर्देशित फिचर फिल्म ‘वान नाइट इन काठमाडौँ’ले अवार्ड जितेको छ । महोत्सवको सर्ट फिल्म विधाको पुरस्कार विष्णु कल्पित निर्देशित ‘गड्स बफेलो’ ले अवार्ड हात पारेको छ । 


अमेरिकाको म्यारिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा भौतिक उपस्थिति र ‘भर्चुअल’ रूपमा जुन २३ देखि चार दिनसम्म नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण आयोजना गरिएको थियो । महोत्सवको उद्धघाटन मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डरी र मेरिल्यान्डका कला तथा योजना आयोगका संयोजक फिल्ड डेविजले पानसमा बत्ती बालेर गरेका थिए । महोत्सवको उद्धघाटनपछि विक्रम सापकोटा निर्देशित नेपाली चलचित्र ‘हल्करा’ प्रदर्शन गरिएको थियो । 
जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ प्रदर्शनपछि महोत्सवको समापन गरिएको छ । महोत्सवमा नेपाल, अमेरिका लगायत विभिन्न १२ देशका ३८  वटा चलचित्र प्रदर्शन भएका थिए । उत्कृष्ट चलचित्रहरुलाई निर्णायक मण्डलले पुरस्कार घोषणा गरेका थिए । महोत्सत्वमा नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब निर्णायक मण्डलको रूपमा थिए । निर्णायक मण्डलका अन्य निर्णायक मण्डलले ‘भर्चुअल’ रूपमा पुरस्कृत चलचित्रको घोषणा गरेका थिए । 

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा चलचित्र प्रदर्शनपछि निर्माता–निर्देशक तथा कलाकारसँग छलफलसमेत गरिएको थियो । यस वर्ष नेपालबाट कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिएको थियो । 

१० पुरस्कृत चलचित्रहरुको सूची 
उत्कृष्ट वृत्तचित्र :‘वृक म्युल’, माइकल ब्राउन ( बेलायत)
उत्कृष्ट कथानक : ‘हल्करा’ले विक्रम सापकोटा (नेपाल) 
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म :‘द इनर ग्लो’, (भेनेजुएला) 
इम्पावरमेन्ट अवार्ड : स्ट्रोंगर’, बेलमाया नेपाली (नेपाल–बेलायत) 
फ्रिडम एक्प्रेसन अवार्ड :‘द स्टाचु’, मोहसेन सालेही फर्द (इरान) 
उत्कृष्ट अनुभवि अवार्ड :फोबिया’ अन्ना क्लारा हर्माेजेनेस फरेरा (ब्राजिल) 
वेस्ट सर्ट न्यारेटिभ : ‘गड बफेलो’ विष्णु कल्पित (नेपाल) 
वेस्ट सर्ट न्यारेटिभ :‘डम्पिप्लङ’ किनकाई याङ (चीन)
उत्कृष्ट मेन्सन अवार्ड : ‘वाइल्ट फायर’ श्याम कार्की, (नेपाल)
 


Author

थप समाचार
x