सिनेमा

‘नाईं नभन्नू ल ६’को ‘दिउँला माया’ :  माया दिने वाचा गर्दै आशिर्वाद र आँचल

इकागज |
फागुन २९, २०७९ सोमबार १७:४ बजे

काठमाडौँ- विकासराज आचार्यद्वारा निर्देशित फिल्म ‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युब रिलिज भएको ‘दिउँला माया’ बोलकोे गीतमा अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । गीत गाउने रहरसँगै सुरु भएको कोरियोग्राफीले  पूर्वका रमणीय ठाउँलाई कैद गरेको छ । गीतले आँचलले निभाएको चरित्र गायनप्रति उत्सुक रहेको देखाउँछ ।

फास्ट पेस्ड एक्सन र रोमान्सले भरिएको फस्टलुक र टिजरपछि निर्माण टिमले स्लो रोमान्टिक सार्वजनिक गरेको हो । शरद शंकर र बेनिशा पौडेलको युगल स्वर रहेको गीतमा निर्देशक आचार्य स्वयंको शब्द र गायक शंकरको संगीत छ । 


नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा आशिर्वाद र आँचलसँगै अनुभव रेग्मी, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, निखिल उप्रेती र सञ्चिता लुइँटेलका छोरा अर्थवको पनि मुख्य भूमिका छ । फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।


Author

थप समाचार
x