सिनेमा

छोडेको १३ वर्षपछि निखिलले गरे जेठी श्रीमतीसँग डिभोर्स

सामीप्यराज तिमल्सेना |
मंसिर १५, २०७८ बुधबार १६:१९ बजे

काठमाडौँ - अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद गरेका छन् । निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध विच्छेद भएको हो । सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भोलिपल्ट नै अदालतले दुवैको मञ्जुरीमा सम्बन्ध विच्छेद गराइदिएको हो । 

जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ, ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सही क्षापसमेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’


अदालतको यो व्यहारोले दुवै पक्षबाहिर नै लेनदेनमा सहमत भई अदालतसमक्ष गएको देखिन्छ । निखिलले अभिनेत्री सञ्र्चिता लुइँटेलसँग सन् २००८ मा दोस्रो विवाह गरेका थिए । उनीहरुको भ्यालेन्टाइन डे अर्थात् फ्रेब्रुअरी १४ मा निखिलको घर सर्लाहीबाट नै विवाह भएको थियो । सञ्चिताको पनि माइती घर सर्लाही नै हो । कोपिलासँग भने निखिलले संघर्षका दिनमा नै विवाह गरेका थिए । 

जेठी श्रीमती कोपिला र छोराका साथ निखिल

भक्तपुर जिल्लामा मेलमिलापमा सकिएको मुद्दामा लेनदेनको विषय भने उल्लेख भएको छैन । खाली दुवै पक्षले सहमतिमा सम्बन्ध विच्छेद गरेको उल्लेख छ । तर, स्रोतका अनुसार निखिलले कोपिलालाई भक्तपुरको घर छाडिदिएका छन् ।  योबाहेक निखिलले ५० लाख नगद र महिनाको ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको स्रोतले बतायो ।  निखिलको कोपिलातर्फबाट एक छोरा छन् भने सञ्चितातर्फ एक छोरा र छोरी छन् । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x