सिनेमा

आमिरको ‘लाल सिंह चढ्ढा’ र यशको ‘केजीएफ २’सँग एकै दिन भिड्दै

अनमोल–सुहानाको ‘ए मेरो हजुर ४’ टिजर

इकागज |
पुस ३०, २०७८ शुक्रबार १३:२२ बजे

काठमाडौँ - भारतमा दुई ठूला फिल्म रिलिज हुने मिति तोकेर नै ‘ए मेरो हजुर ४’ प्रदर्शन भएको छ । निर्माता सुनिलकुमार थापाले वैशाख १ गते अर्थात् अप्रिल १४ मा यो पिल्म प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

यही मितिमा कन्नड फिल्म ‘केजीएफ२’ र हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक अनुवाद गरिएको ‘लालसिंह चढ्ढा’ प्रदर्शन हुँदैछन् । ‘केजीएफ’को पहिलो भागले नेपालमा नै ५१ दिनसम्म चल्ने रेकर्ड बनाएको थियो भने आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’बाहेक सबै फिल्मले राम्रो व्यापार गर्ने गरेका छन् ।


‘ए मेरो हजुर ४’ को सार्वजनिक टिजरमा निर्माण टिमले रारा ताल र प्रेमपूर्ण संवादलाई ठाउँ दिएका छन् । फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । टिजरमा दुवैले मात्र ठाउँ पाएका छन् । अनमोल र सुहानाले यही शृंखलाको तेस्रो भागमा सँगै काम गरेका थिए । यो शृंखला हिट मानिएको थियो ।फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ । 


Author

थप समाचार
x