सिनेमा

कपिल शर्माको जीवनीमा फिल्म

इकागज |
पुस ३०, २०७८ शुक्रबार १६:३३ बजे

मुम्बई - ‘कपिल शर्मा सो’ सञ्चालन गरिरहेका कपिल शर्माको जीवनमा पनि फिल्म बन्ने भएको छ । उनको जीवनीमा बन्ने फिल्मको नाम ‘फनकार’ राखिएको छ । फिल्मलाई ‘फुकरे’ निर्देशक मृगदीप सिंहले निर्देशन गर्नेछन् । 

फिल्ममा कपिलको जीवनको कति भाग समेटिने स्पष्ट छैन र फिल्ममा कपिलले नै अभिनय गर्छन् वा अरु कोहीले गर्छन् त्यो पनि स्पष्ट छैन । तर यदि उनको जीवनमा फिल्म बन्यो भने कलिलै उमेरमा बायोपिक बन्ने कलाकार हुनेछन् ।


कपिल आफैँले पनि ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ गरी दुई फिल्ममा काम गरेका छन् । जसमध्ये ‘किस किसको प्यार करुँ’ हिट भए पनि ‘फिरंगी’ फ्लप भएको थियो । यो फिल्मको निर्मातासमेत कपिल आफैँ थिए । 
 


Author

थप समाचार
x