कर्पोरेट

सानिमा बैंकले ल्यायो तीजको कोसेली

इकागज |
साउन ३०, २०७९ सोमबार १६:३७ बजे

काठमाडौंँ- सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट-क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिमकार्ड, यू.एस.डि इ–कार्ड (पहिलो टपअप) निःशुल्क प्रयोग गर्न सक्नेछन्। 

लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सकिने र पहिलो पि.ओ.एस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सयसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने बताइएको छ । क्यासब्याक योजना भने २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जानकारी दिएको छ । 



Author

थप समाचार
x