कर्पोरेट

सामसङ मोबाइल खरिद गर्दा यसरी पाउनुहोस् दुई हजार रुपैयाँ क्यासब्याक

इकागज |
बैशाख ५, २०८० मंगलबार १५:५७ बजे

काठमाडौं– स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ । यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।

सामसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।


सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यी दुवै मो डलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन्।  
यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ । 


Author

थप समाचार
x