कर्पोरेट

ईसेवा र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इकागज |
असार ४, २०८० सोमबार १७:२८ बजे

काठमाडौँ– ईसेवा मनी ट्रान्स्फर र लुलु मनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । ईसेवा मनी ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ ।

स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको ईसेवा मनी ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको छ । 


सम्झौता पत्रमा ईसेवा मनी ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठ र लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका हुन् । 

ईसेवा मनी ट्रान्स्फर र लुलु मनी बीचको साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेस कोइरालाले भने, ‘लुलु मनीको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ ।’ 

साझेदारीमा खुसी व्यक्त गर्दै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले ईसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रुपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिट्यान्स सेवाहरू सुचारु गर्न पाउँदा आफू खुसी भएको बताइन् । 


Author

थप समाचार
x