कर्पोरेट

शाओमीले ल्यायो दुई शक्तिशाली डेस्कटप मोनिटर

इकागज |
असार ५, २०८० मंगलबार ७:१७ बजे

काठमाडौं–शाओमीले आफ्ना नवीनतम उत्पादनहरू बजारमा ल्याएको छ । एमआई २३.८’’ डेस्कटप मोनिटर वान सी र एम आई २७’’ लन्च गरेको हो । यी अत्याधुनिक मोनिटरहरू अद्भुत फिचरहरू र अत्याधुनिक प्रविधिको साथ डेस्कटप कम्प्युटिङ अनुभवलाई निखार्न डिजाइन गरिएको हो ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंण्डाले भने, “हाम्रा ग्राहकहरूमाझ एमआई २३.८’’ डेस्कटप मोनिटर वान सी र  डेस्कटप मनिटर २७” लिएर आउन पाउँदा हामी उत्साहित छौँ । यी मोनिटरहरूले मनमोहक दृश्य अनुभव, अप्टीमल पर्फोमेन्स र प्रयोगकर्ता–केन्द्रित डिजाइन प्रदान गर्दछ । यी मोनिटरहरूद्वारा ग्राहकहरूले आफ्नो डेस्कटपसँग अन्तरक्रिया गर्ने तरिका नै परिर्वतन हुनेमा हामी विश्वास गर्दछौँ, चाहे त्यो कामको लागि होस् वा अरु कुनै विषयका लागि ।“
 



Author

थप समाचार
x