कर्पोरेट

यूके जानेहरूको स्वास्थ्य जाँच अब नर्भिकमा

इकागज |
असार ५, २०८० मंगलबार १५:१६ बजे

काठमाडौँ– थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि युनाइटेड किङडम(यूके) जानेहरूको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ । 

काठमाडौँस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत युके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो । 


नर्भिकसँगै युके जानेहरूको मेडिकल जाँच इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन(आइओएम)मा पनि हुनेछ । अस्ट्रेलिया जानेहरूको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन् । 

सम्बन्धन पाएसँगै नर्भिकले युके जानेहरूको स्वास्थ्य जाँचको सुरुवात गरेको छ । 


 


Author

थप समाचार
x