कर्पोरेट

एनएमबि बैंकद्वारा नेपालमा ‘वी च्याट पे’ सार्वजनिक, चिनियाँले नेपालमा सजिलै भुक्तानी गर्न सक्ने

इकागज |
असार ७, २०८० बिहीबार १८:४५ बजे

काठमाडौं  - एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजिटल वालेट ‘वी च्याट पे’ आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । 

‘वी च्याट पे’ सेवाको औपचारिक घोषणा नेपाली र चिनियाँ  अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोह बीच सम्पन्न गरियो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर श्री धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका संचालक योगेन्द्रलाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत सहभागी थिए । 


नेपालका लागि चीनका राजदुत सोङले ‘वी च्याट पे’ क्यूआर कोडमार्फत स्थानीय व्यवसायीलाई कारोवार गर्न सहजता पुग्ने उल्लेख गर्दै यसको सुविधा र नेपाल चीन मित्रताका विषयमा प्रकाश पारे ।

राजदूत सोङले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने अब ‘वी च्याट पे’ मार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकिङ प्रणाली मार्फत सम्वन्धित सेवा प्रदायक बिक्रेताले प्राप्त गर्ने बताए । यसले डिजिटल बैंकिङ कारोवारलाई समेत प्रोत्साहन हुने उनले विश्वास व्यक्त गरे । 

उक्त साझेदारीले ‘वी च्याट पे’ मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुका लागि नयाँ अवसर प्रदान गरेको बैैंकले जनाएको छ । ‘अब आगन्तुकहरूले आफ्नो ‘वी च्याट पे’  डिजिटल वालेट प्रयोग गरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त यस एनएमबि बैंक मार्फत नेपालमा सिधै आधिकारीक कारोबार गर्न सक्नेछन्,’ बैंकले आज बिहीबार जारी गरेको विज्ञप्तिमा भनेको छ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
 


Author

थप समाचार
x