कर्पोरेट

सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

इकागज |
असार २९, २०८० शुक्रबार १९:३८ बजे

काठमाडौँ – चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी इ.ओ.एल प्रा.लिले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डरको नियुक्त गरेको छ ।

सुरक्षा पन्त र कम्पनी बीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एक ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।


सुरक्षा पन्त चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरू गरेर तीन प्रमुख खण्डहरूमा सि.जी. इलेक्ट्रिकको अनुहार हुने जनाइएको छ । 

सि.जी. इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषज्ञता र सम्बन्धित कोटाहरूमा असाधारण उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्नेछ ।

यस सहकार्यले ब्रान्ड इक्विटी र उपभोक्ताहरू माझ पहुँच बढाउने शक्तिशाली सिनर्जी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

सहकार्यको बारेमा टिप्पणी गर्दै, सि.जी. का उपाध्यक्ष एस.सी.साबूले भने, ‘सुरक्षाजीसँग ब्रान्ड एम्बेस्डरको रूपमा आबद्ध हुन पाउँदा खुसी छौं । उनको अनुग्रह, प्रामाणिकता र उनको कामप्रतिको समर्पण हाम्रो सि.जी. इलेक्ट्रिक ब्रान्डको मार्गदर्शनसँग स्पष्ट रूपमा मिल्छ । हामी विश्वस्त छौं कि हाम्रो ब्रान्डसँगको उनको सहकार्यले हाम्रो ब्रान्डलाई अर्को स्तरमा पुर्याउनेछ र यसलाई हाम्रा उपभोक्ताहरू बीच एक विश्वसनीय ब्रान्डको रूपमा स्थान दिनेछ ।’

सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सि.जी. इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित छु । चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु । सि.जी. इलेक्ट्रिकले नवीन र उच्च गुणस्तरका उत्पादनहरू प्रस्तुत गर्दछ, र म यी क्षेत्रहरूमा सि.जी. इलेक्ट्रिकको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।’


Author

थप समाचार
x