कर्पोरेट

एभरेष्ट बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

इकागज |
असार ३१, २०८० आइतबार १७:१९ बजे

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत सरस्वती माध्यमिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ । 

बैंकले एक विशेष समारोहका बीच दूधौली नगरपालिका–४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यमिक विद्यालय डकाहालाई खानेपानी व्यवस्थापनका लागी एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 


बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णुप्रसाद सापकोटालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षा दीक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताएका छन् । 

साथै उक्त कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र सामाजिक अभियन्ता जानुका श्रेष्ठको समेत उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x