कर्पोरेट

पुरानो एयरफोन ल्याउनुहोस्, नयाँ एयरबड लैजानुहोस्

इकागज |
साउन २४, २०८० बुधबार ११:५९ बजे

काठमाडौँ- अल्टिमा लाइफस्टाइल, एक गुणस्तरीय वेरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनहरूको लागि परिचित उदयीमान नेपाली ब्रान्डले आफ्नो ग्राउन्डब्रेकिंग पहल, अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ ।

अल्टिमाले अडियो प्रेमीहरूका लागि उत्कृष्ट-२ दिने महोत्सव आयोजना गर्दैछ, जहाँ लामो समयदेखिका प्रशंसकहरू र नयाँ आगमनहरू दुवैले संगीत र ध्वनिप्रतिको उत्साह र आनन्द लिन सक्नेछन् । यो मेला समुदायसँग जोडिने र अडियोप्रतिको माया साझा गर्ने एक विशेष अवसर भएको बताइएको छ । 
 
सुन्धारामा अवस्थित सिभिल मल पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म यही साउन २६ र २७ गतेसम्म सञ्चालन हुने अल्टिमा एक्सचेन्ज मेलाले अडियो अनुभवलाई पुनः परिभाषित गर्ने बताइएको छ ।


उक्त विशेष उत्सवमा, अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू, नवीन अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० (Ultima Atom 820) सँग साट्न प्रोत्साहित गर्दछ । यस टप अफ द लाइन ट्रु वायरलेस स्टेरियो टि डब्लु एस (True Wireless Stereo(TWS) रु.१,१९९ मा उपलब्ध छ  र यो अडियोमा आधुनिककिरण अनुभव गनहरूको लागी एक विशेष अवसर हो ।

अल्टिमा एटम ८२० (Ultima Atom 820)  आफ्नो असाधारण विशेषताहरूको लागि परिचित छ, २४ घण्टाको ब्याट्री लाइफ, इमर्सिभ १३ एमएम बास बूस्टेड अडियो (13mm bass-boosted audio) आवाज निराकरण (ENC) र वायरलेस अडियो अनुभव लिन सकिन्छ । यो उत्कृष्ट प्रविधिको साथ अल्टिमाको मुख्य लक्ष्य भनेको नेपालका प्रत्येक व्यक्तिमा गुणस्तरीय अडियो आनन्द दिनु र ईयरफोनहरू पुनरावर्तित गरेर दिगोपनलाई बढावा दिनु रहेको जनाएको छ ।

अल्टिमा एक्सचेन्ज मेला, ग्राहकहरूको हाल भइरहेको वायर्ड इयरबडहरूको ब्रान्ड वा अवस्थालाई ध्यान नदिई सबैका लागि खुला गरिएको छ, जुन नेपालमा मात्र नभइ सम्भवत विश्वव्यापी रूपमा नै यो किसिमको पहिलो कार्यक्रमको रूपमा इतिहास रच्न तयार रहेको दाबी गरेको छ । नेपालका प्रत्येक व्यक्तिलाई नवीन उपकरणको अतुलनीय सांगीतिक आनन्द दिने अल्टिमाको महत्वाकांक्षा भएङ्कव जनाएको छ ।


Author

थप समाचार
x