कर्पोरेट

ह्वावेद्वारा जाजरकोटका भूकम्प पीडितहरूलाई मानवीय सहायता

इकागज |
मंसिर १७, २०८० आइतबार १२:२३ बजे

काठमाडौँ - ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलबध गराएको छ । 

ह्वावेले पाल, कम्बल, स्लीपिङ झोलाजस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो । ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।


ह्वावेले यी राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ ।

ह्वावेले भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्ने पनि जनाएको छ । ह्वावेले भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको छ । 

राहत सामग्री हस्तान्तरणपछि ह्वावे नेपालका सीईओ ह्वाङ जुनले भने– ’म प्रभावित क्षेत्रका दिवंगत आत्माहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु र सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन ह्वावे नेपालबाट निरन्तर सहयोगको आश्वासन दिन चाहन्छु । हामी नेपालका लागि नेपालमा छौं ।’ 


Author

थप समाचार
x