अदालत

आजबाट सर्वोच्च अदालतमा स्वचालित पेशी प्रणाली

इकागज |
भदौ ११, २०८० सोमबार १५:२५ बजे

फाइल फोटो

काठमाडौं - सर्वाेच्च अदालतमा सोमबारबाट स्वचालित पेशी प्रणालीको सुरुआत गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गरेका छन् । 

उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । स्वचालित पेशी तारेख प्रणालीले कर्मचारीहरूमा उच्च मनोबलका साथ काम गर्ने उनको विश्वास छ । 


स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको जानकारी दिएका प्रधानन्यायाधीश श्रेष्ठले स्वचालित प्रणालीलाई क्रमशः अन्य अदालतमा पनि लागु गरिने जानकारी दिए । 
 


Author

थप समाचार
x