अदालत

प्रधानमन्त्रीविरुद्ध अदालतको मानहानी मुद्दा, २४ घण्टाभित्र उपस्थित हुन माग (रिटसहित)

इकागज |
जेठ ११, २०७८ मंगलबार १७:८ बजे

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा मानहानीको मुद्दा दायर हुने प्रक्रियामा छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले फागुन ११ गते पुनस्थपना गरिएको अदालतको फैसलापछि संसद्लाई विजनेस नदिएको भन्दै रिट निवेदन दिएका हुन् । 

‘निवेदन दिएर आएँ । दर्ता प्रक्रियामै छ । अदालतले अध्ययनपछि दर्ता गर्ने जनाएको छ ,’ त्रिपाठीले भने ।  रिटमा संविधानको धारा १२८ र न्याय प्रशासन ऐनको दफा १७ (२) बमोजिम २४ घण्टाभित्र प्रधानमन्त्रीलाई अदालतमा उपस्थित गराइ कारबाही गर्न माग गरिएको छ । अदालतको अवहेलनामा एक वर्ष कैद र १० हजारसम्म जरिवाना गर्न पनि माग गरिएको छ । 



Author

थप समाचार
x