अदालत

टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयमा कारण देखाउ आदेश

इकागज |
मंसिर ५, २०८० मंगलबार १८:४७ बजे

फाइल फोटो

काठमाडौं - सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले  परेका १४ रिटको सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

सरकारलाई यही मंसिर १५ गतेभित्र कारणसहित अदालतमा जवाफ पेश गर्न भनिएको छ । यो सँगै सरकारले गरेको निर्णय कार्यान्वयनमा जाने भएको छ । 


गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १४ जनाले टिकटकमाथि प्रतिबन्ध नगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  


 


Author

थप समाचार
x