अदालत

बिशेष अदालतका न्यायाधीशहरूले लिए पद तथा गोपनीयताको शपथ

इकागज |
मंसिर १८, २०८० सोमबार १४:२२ बजे

फाइल तस्बिर

काठमाडौं - विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

सोमबार सर्वोच्च अदालत, परिसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


गत ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकको निर्णय अनुसार विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्त भएका हुन् । 


Author

थप समाचार
x