अदालत

संवैधानिक इजलास : रिट निवेदकतर्फको बहस सकियाे, भाेलिदेखि सरकारी पक्षकाे बहस सुरु

इकागज |
असार १३, २०७८ आइतबार १५:४५ बजे

काठमाडौँ : संवैधानिक इजलासमा रिट निवेदनतर्फको बहस सकिएको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित इजलासमा आइतबारदेखि रिट निवेदकतर्फको बहस सकिएको हो ।

रिट निवेदक तर्फको बहस सकिएसँगै सोमबारदेखि सरकारी पक्ष बहस सुरु हुने भएको छ । इजलासले यसअघि नै सभामुखको पक्षलाई डेढ घण्टा र १५ घण्टामा सरकारी पक्षलाई १ घण्टा दिने जनाइसकेको छ । 



Author

थप समाचार
x