अदालत

सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १३:३ बजे

काठमाडौँ - सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको  छैन । 

सुनुवाइका लागि  ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।


सर्वोच्चमा यही मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका  रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना हुनुभएकामा आज घर फर्कनुभएको छ । रासस


Author

थप समाचार
x