कोभिड-१९

थप १६ जनामा कोभिड संक्रमण

इकागज |
जेठ २१, २०७९ शनिबार १६:२८ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ५७ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार २ सय २७ एन्टिजेन परिक्षणका क्रममा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

कोभिडका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २८ जना निको भएका छन् ।


हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x