कोभिड-१९

जमुनाह नाकामा कोभिडका तीन संक्रमित फेला

इकागज |
जेठ २३, २०७९ सोमबार १८:२ बजे

फाइल फोटो

नेपालगञ्ज - भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए । 

`केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड संक्रमण पुष्टि भइरहेको छ`, उनले भने । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एक÷एक गरी तीनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले करिब दुई सातामा आठ जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताउ । रासस



Author

थप समाचार
x