कोभिड-१९

नेपालमा थप १५ जनामा कोभिड–१९

इकागज |
जेठ ३०, २०७९ सोमबार १६:४९ बजे

काठमाडौं– नेपालमा थप १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८६ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार १ सय २५ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १७ जना निको भएका छन् । हाल नेपालमा १ सय २ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
 


Author

थप समाचार
x