कोभिड-१९

थप ७ सय ६० जनामा कोभिड संक्रमण, एकको मृत्यु

इकागज |
साउन १९, २०७९ बिहीबार १६:११ बजे

काठमाडौँ- नेपालमा थप ७ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ८९ पिसिआर परीक्षणका क्रममा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ एन्टिजेन परीक्षणका क्रममा २ सय ६६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।


कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोभिडबाट ११ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय २४ जना संक्रमित निको हुँदा अहिलेसम्म ९ लाख ७१ हजार २ सय ५० संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय २ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x