कोभिड-१९

कञ्चनपुरमा एकै दिन ३९ जनामा काेभिड संक्रमण

इकागज |
साउन १९, २०७९ बिहीबार २०:२९ बजे

कञ्चनपुर- कञ्चनपुरमा आज एकै दिन ३९ जनामा काेभिड संक्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोभिड संक्रमण देखा परेको हो ।

चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । कोभिडको संक्रमण देखा परेका ३९ लाई होम आइसोलेसनमा पठाइएको छ । आज सातले कोभिड जितेर घर फर्किएका छन् भने अहिलेसम्म कोभिडलाई जित्नेको सङ्ख्या चार हजार पाँच सय ५८ पुगेको छ ।


जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डा चौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ मा कोभिड पुष्टि भएको छ । जिल्लामा कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ भने अहिलेसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ११ रहेको छ ।

'कोभिडको संक्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ,' स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, 'खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । कोभिडको संक्रमण बढी फैलिएका क्षेत्रबाट आएका व्यक्तिलाई निगरानीमा गरिरहेका छौँ । होल्डिङ सेन्ट र आइसोलेसन सञ्चालनबारे अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन ।'


Author

थप समाचार
x