कोभिड-१९

काेभिडबाट थप दुईकाे मृत्यु, सक्रिय संक्रमित ५७७५ जना

इकागज |
साउन २७, २०७९ शुक्रबार १५:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर शुक्रबार ७८१ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको कोभिड परीक्षण गर्दा ७८१ जना कोभिड पुष्टि भएको हो ।

२४ घण्टामा कोभिड संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ११ हजार ९८४ संक्रमितको मृत्यु भइसकेको छ ।


त्यस्तै, आज मात्र ५११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरका विभिन्न स्थानबाट कूल ९ लाख ७४ हजार ८०६ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमित ५ हजार ७७५ जना छन् । आज मात्र २३ हजार ८०१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

 


Author

थप समाचार
x