कोभिड-१९

नेपालमा थपिए ४६ कोरोना संक्रमित

इकागज |
कात्तिक १, २०७९ मंगलबार १७:५ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

८३५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२ जना र ६७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण देखिएको छ । सो समयवधिमा १७ जना कोरोनामुक्त भएका छन् ।


योसँगै मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७३६ पुगेको छ ।


Author

थप समाचार
x