कोभिड-१९

थप ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि

इकागज |
कात्तिक ३, २०७९ बिहीबार १५:२६ बजे

काठमाडौं– नेपालमा थप ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ९८ पिसिआर परीक्षणका क्रममा ५० जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ५१ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ सय २७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 
 



Author

थप समाचार
x