कोभिड-१९

थप १६ जनामा काेभिड-१९ संक्रमण पुष्टि

इकागज |
चैत १२, २०७९ आइतबार १७:३८ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा काेभिड-१९  संक्रमण पुष्टि भएको हो । 


२७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 



साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना काेभिड-१९ विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ४२ रहेको छ । 


Author

थप समाचार
x