कोभिड-१९

थप १ हजार ३६९ मा कोभिड संक्रमण

इकागज |
माघ २७, २०७८ बिहीबार १७:१८ बजे

काठमाडौं–नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिललो २४ घण्टामा यो संख्या थपिएको हो ।

देशभर गरिएको ८ हजार ८ सय ८० पिसिआर परीक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परिक्षणका क्रममा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ।


हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ६४ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ हजार २ सय ३८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३० हजार ६ सय ७ जना निको भएका छन् । हाल नेपालमा २९ हजार ४ सक्रिय संक्रमित आइसोलेशन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 


Author

थप समाचार
x