कोभिड-१९

१८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने सरकारकाे निर्णय

इकागज |
माघ २७, २०७८ बिहीबार २१:११ बजे

फाइल तस्वीर

काठमाडौं – सरकारले १८ वर्षमाथिका सबैलाई बुस्टर खाेप दिने निर्णय गरेकाे छ ।

काेभिड विरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।


मन्त्रालयले १८ वर्ष माथिकालाई बुस्टर खाेपको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन् ।

हेर्नुहोस् मन्त्रालयको परिपत्र

 


Author

थप समाचार
x