कोभिड-१९

फागुन १ देखि सबै नागरिकलाई बुस्टर डोज

इकागज |
माघ २८, २०७८ शुक्रबार १२:५४ बजे

फाइल फाेटाे

काठमाडौँ - सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ । 

कोभिडविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने जानकारी दिए । 

बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको उनले बताए ।  आफूले कार्यभार सम्हालेपछि भएका काम र भावी योजनाका बारेमा जानकारी दिँदै मन्त्री खतिवडाले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिए । त्यस्तै उनले  खोप लगाएको क्यूआरकोड सहितको प्रमाण पत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको बताए । 

२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको  र  २०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड १९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उहाले बताए । 

मन्त्री खतिवडाले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र  ३ करोड ४८ लाख २५ हजार ६०१  मात्रा खोप लगाएको जानकारी दिए । त्यस्तै आवश्यक खोपको मौज्दात सुनिश्चीत गरिएको उनले बताए । 


Author

थप समाचार
x