कोभिड-१९

सुदूरपश्चिममा थप ४७ सङ्क्रमित

इकागज |
माघ २८, २०७८ शुक्रबार १७:५६ बजे

फाइल फोटो

धनगढी : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ४७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३५ को नमूना परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

पीसीआरमार्फत १९ र एन्टीजेनमार्फत २८ मा पुष्टि भएको हो । प्रदेशभर ८८ सङ्क्रमणमुक्त भएका छन् । यसअघि बिहीबार यस प्रदेशमा ६२ मा सङ्क्रमण पुष्टि हुँदा १४९ सङ्क्रमणुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२७ को ज्यान गइसकेको छ । रासस 



Author

थप समाचार
x