कोभिड-१९

घट्दै कोभिड संक्रमित

इकागज |
माघ २९, २०७८ शनिबार १६:३३ बजे

काठमाडौं– नेपालमा कोभिड–१९ संक्रमित घट्दै गएका छन् । पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। ४ जनाले ज्यान गुमाएका छन्। ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।


हाल देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन्।


 


Author

थप समाचार
x