कोभिड-१९

थप १०५ जनामा कोभिड पुष्टि, ३ को मृत्यु

इकागज |
फागुन १९, २०७८ बिहीबार १७:३८ बजे

फाइल फाेटाे

काठमाडौं–नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ४८ पिसिआर परीक्षणका क्रममा ७० जना र २ हजार ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै, कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै थप ३ सय २० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ८ सय ८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय १७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।



Author

थप समाचार
x