कोभिड-१९

नेपालमा थप ७३ जनामा कोभिड संक्रमण

इकागज |
फागुन २८, २०७८ शनिबार १६:४४ बजे

काठमाडौं–नेपालमा थप ७३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परीक्षणका क्रममा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परीक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाइ छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ सय ९२ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ८ सय ७८ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ५० सक्रिय संक्रमित आइशोेलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 
 


Author

थप समाचार
x