कोभिड-१९

थप ८२ जनामा कोभिड पुष्टि

इकागज |
चैत २, २०७८ बुधबार १७:३६ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४१ जनामा नै कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


 बुधबार कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । 

त्यस्तै थप २ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन् । 

हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइसोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


 


Author

थप समाचार
x