कोभिड-१९

नेपालमा आज ४ हजार ३ सय ७६ सक्रिय संक्रमित

इकागज |
चैत ३, २०७८ बिहीबार १६:३१ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ६ सय ५४ पीसीआर परिक्षणका क्रममा २२ जना र ३ हजार ९३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


त्यस्तै बिहीबार पनि कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार थप २ सय २० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ७ सय ८१ जना कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा ४ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


 


Author

थप समाचार
x