नेपालमा थप ४२ मा कोभिड–१९ पुष्टि
काठमाडौं– नेपालमा थप ४२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया