कोभिड-१९

नेपालमा थप २६ जनामा काेभिड-१९ पुष्टि

इकागज |
चैत १६, २०७८ बुधबार १७:३ बजे

काठमाडाैँ – नेपालमा थप २६ जनामा काेभिड-१९ पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ९ सय ४० पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार २ सय ५२ एन्टीजेन परिक्षणका क्रममा १ जनाका कोरोना संक्रमण पुष्टि भएको हो।


त्यस्तै कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ७७ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४६ सक्रिय संक्रमित आइसाेलेसनमा छन् ।  


Author

थप समाचार
x