कोभिड-१९

नेपालमा थप २२ जनामा काेभिड पुष्टि

इकागज |
चैत १८, २०७८ शुक्रबार १६:४६ बजे

काठमाडाैँ – नेपालमा थप २२ जनामा काेभिड-१९ पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय १६ पीसीआर परिक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा काेभिड पुष्टि भएको हो।


कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x