कोभिड-१९

नेपालमा थप ११ मा कोभिड–१९ पुष्टि

इकागज |
चैत १९, २०७८ शनिबार १६:२४ बजे

काठमाडौं– नेपालमा थप ११ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पिसीआर परीक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ५ सय ५९ जना निको भएका छन् । हाल नेपालमा ९ सय ४१ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x