कोभिड-१९

थप २४ जनामा कोभिड पुष्टि

इकागज |
चैत २२, २०७८ मंगलबार १७:२९ बजे

काठमाडौँ  - नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ३ हजार २ सय ७८ पिसिआर परिक्षणका क्रममा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै थप ५१ जना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

 हाल नेपालमा ८ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x