कोभिड-१९

थप १२ जनामा कोभिड पुष्टि

इकागज |
बैशाख ४, २०७९ आइतबार १६:१० बजे

फाइल फोटो

 काठमाडौँ - नेपालमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ७ सय ५० पीसीआर परिक्षणका क्रममा ११ जना र ७ सय ३० एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै थप ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३९ जना निको भएका छन् । 

हाल नेपालमा ३ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x