क्रिकेट

क्यानाडा र स्कटल्यान्ड जाने नेपाली क्रिकेट टिमको बिदाइ

इकागज |
असार १३, २०७९ सोमबार १७:५५ बजे

काठमाडौँ – क्यानाडा र स्कटल्यान्ड जाने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ । सोमबार आयोजित कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसहितले टिमको बिदाइ गरे । 

नेपाली टिमले क्यानाडामा क्यानाडाविरुद्ध जुलाई ४ र ५ तारिखमा दुई खेलको एकदिवसीय सिरिज तथा त्यसअघि जुलाई १ मा ओन्टारियो क्लबविरुद्ध एक अभ्यास खेल खेल्नेछ । 


क्यानाडापछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्नेछ । स्कटल्यान्डमा नेपाली टोली आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज खेल्नेछ । नेपालले आयोजक स्कटल्यान्ड र नामिवियासँग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ । 

नेपालले पहिलो खेल नामिवियासँग जुलाई ११, दोस्रो खेल स्कटल्यान्डसँग जुलाई १३, तेस्रो खेल नामिवियासँग जुलाई १६ तथा अन्तिम खेल स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ । 

नेपाली टिमः 


 


Author

थप समाचार
x