क्रिकेट

क्रिकेट लिग-२: नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १७:११ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली नामिबियालाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको एक बल बाँकी छदै अलआउट भएर १ सय ९७ रन जोड्यो ।


नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान गरे । आरिफ शेखले २३, आशिफ शेखले २० तथा अर्जून साउद र गुल्सन झाले समान १८-१८ रन जोडे ।

नामिबियाका लागि टांगेनी लुङगामेनले ३ तथा कार्ल बिर्केन्स्टोकले २ विकेट लिए । बर्नार्ड स्कोल्ज र जेरहार्ड इरासमसले एक-एक विकेट हात पारे ।


Author

थप समाचार
x