क्रिकेट

टि-२० सिरिजमा नेपालले पिएनजीकाे सामना गर्ने

इकागज |
फागुन २९, २०८० मंगलबार ६:३८ बजे

फाइल फोटो

काठमाडौं - हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुँदैछ ।


नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।  

त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुनेछ ।

यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्ध हुँदा दुवै देशले एक एक अंक बाँडेका थिए । 

अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

 


Author

थप समाचार
x